चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक(भिडियोसहित)


आवाज संवाददाता
२१ भदौ २०८०, बिहिवार
असार २४– निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ। श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक दुई मिनेट लामो ट्रेलरमा माया प्रेम संगै,सामाजिक कथालाई बिसेष स्थान दिइएको छ।
किरण राईको निर्देशनमा बनेको चलचित्रमा निर्माता सन्जिब राई,प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल रमनिशा पाठकरमेनुका घिमिरे रकैलाश राई रटि आर साम्सोहाङ सहनिर्माता रहेका छन्। पूर्वमा छायाँकन गरिएको चलचित्रमा बुद्धि तामाङ,भुवन सिंह राई,सारा लोहोरुङ राई,भिम सेरमा लिम्बू,प्रकाश दाहाल,अनुप लिङ्खिम,सुदिप जंग कार्की,गङ्गा बहादुर राई,सम्झना लिम्बू,रमेश बुढाथोकी,निशान लुइँटेल,स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ।
भुमिसा प्रोडक्सन संग इस्टन मिडियाको सहकार्य रहेको चलचित्र ‘लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत,राजेश पायल राई,मेलिना राई,रचना रिमाल,आयुश प्रधान,निमा तामाङको गायन,सागर अर्यालको ध्वनि संयोजन,मिना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन, पृष्ठभुमि संगीत शैलेन्द्र बाबु प्रधानको,निर्माण नियन्त्रक प्रयास घिमिरे, कलर अनिल राना,कला निर्देशन बिमल लिम्बू र निशान लुइँटेलको रहेको छ। भुवन सिंह राईले लेखेको कथालाइ भुवन सिंह राई,प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्बाद लेखेका हुन्। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। चलचित्रलाइ काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरणको जिम्मा लिएको छ।
ताजा खबर
-
दोलखामा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ
-
इराकको विवाह समारोहमा आगलागी : कम्तीमा १ सयको मृत्यु
-
१९औं एसियाली खेलकुद : मंगोलियामाथि नेपालको सानदार जित
-
अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप
-
काठमाडौंको गैह्रीगाउँ हत्या प्रकरणकाे सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ
-
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : राजेन्द्र लिङदेन
धेरै पटक पढिएका
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
-
पत्रकार शिवाकोटी सम्मानित
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति