२३ असोज २०८१, बुधवार

9th, October 2024, Wednesday

Aaawajonline.com

कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

१८ भदौ २०८०, सोमवार नवराज शिवाकोटी
नवराज शिवाकोटी

१८ भदौ २०८०, सोमवार

कालिञ्चोक गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को सार्वजनकि सुनुवाई सम्पन्न भएको छ । सोमबार वडा नम्बर सातको वडा कार्यालयमा सो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल पत्रकार महासंघ दोलखाले सो सार्वजनिक सुनुवाईको संयोजन गरको थियो । कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले आफू निर्वाचित भएदेखि गरेका महत्वपूणर् कार्यहरुको बारेमा संक्षिप्त जानकारी दिनु हुँदै अबको केही समयपछि कालिञ्चोक गाउँपालिका केन्द्र तोकिने बताउनु भएको थियो । सकेसम्म सर्वसम्मतिले गाउँपालिका केन्द्र तोक्न प्रयास भइरहेका कारण केन्द्र तोक्न ढिलाई भइरहेको बताउँदै अब पनि केन्द्र नतोकिए सबै जनप्रतिनिधि असफल भएको ठहर हुने उहाँको भनाई थियो । यस्तै सोही कार्यक्रममा सर्वसाधारणले उठाएका प्रश्नको जवाफ दिँदै उपाध्यक्ष कुलबहादुर बुढाथोकीले सहकारी कुनै ब्यक्तिको सम्पत्ति नभएकोले सहकारीको भवन निर्माण गर्न अनुदान दिने निणर्य गर्दा आफूलाई अनावश्य विवादमा ल्याइएको गुनासो गर्नु भयो । सहकारीको भवन निर्माण गर्न अनुदान दिन कानुनले नरोकेको उहाँको जिकिर थियो ।
कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले गाउँपालिकाबाट चालु आर्थिक वर्षमा भएका कार्यहरुको संक्षिप्त विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेस खतिवडाले समसामयिक परिस्थिति तथा कालिञ्चोक गाउँपालिकाको विकासकालागि लिइनु पर्ने नीतिको सम्बन्धमा सुझाव प्रस्तुत गर्नु भएको थियो । वडाध्यक्षहरुको तर्फबाट सूर्यहादुर आचार्यले धारणा राख्नु भएको थियो । कार्यक्रमलाई पत्रकार लक्ष्मण खड्काले पनि सम्बोधन गनुभएको थियो । कार्यक्रमको सभापतीत्व नेपाल पत्रकार महासंघ दोलखाका शाखाका सभापती दिपशंकर चौलागाईं को सभापतित्वमा सम्पन्न भएको थियो । सार्वजनिक सुनुवाईमा उठेका प्रश्नको गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटी, उपाध्यक्ष कुलबहादुर बुढाथोकी तथा प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जवाफ दिनुभएको थियो । कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ सचिव दिलबहादुर केसीले गर्नु भएको थियो ।