१३ असोज २०८०, शनिवार

30th, September 2023, Saturday

Aaawajonline.com

यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णय

२२ भदौ २०८०, शुक्रवार आवाज संवाददाता
आवाज संवाददाता

२२ भदौ २०८०, शुक्रवार

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्नेसहित १५ वटा निर्णय गरेको छ ।

 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले  तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने, संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८० संघीय संसद्‌मा पेस गर्ने निर्णय गरेको हाे । सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

 

बैठकले पञ्चेश्वर विकास प्राधिकरणमा नेपलाको तर्फबाट २०८१ जेठ आठ गतेसम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव मधुप्रसाद भेटवाल, कार्यकारी निर्देशक (प्रशासन तथा वित्त)मा सहसचिव दीपक लामिछाने, कार्यकारी निर्देशक (वातावरण)मा सहसचिव रामगोपाल खर्बुजा र कार्यकारी निर्देशक (कानून)मा इन्दिरा दाहाल भट्टराईलाई खटाउने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

East West Fast Food