मोरक्कोमा शक्तिशाली भूकम्प, कम्तीमा २९६ को मृत्यु, सयौँ घाइते


नवराज शिवाकोटी
२३ भदौ २०८०, शनिवार
भदौ २३ – अफ्रिकी देश मोरक्कोमा एकाबिहानै शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण त्यहाँ अहिलेसम्म कम्तीमा २९६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सो भूकम्पमा परी कम्तीमा १५३ जना गम्भीर घाइते भएका छन् ।
भूकम्पको तीव्रता ६ दशमलव ८ रेक्टर स्केल रहेको बताइएको छ । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
भूकम्पको केन्द्र विन्दू हाइ एटलस माउन्टेन रहेको छ । निरन्तर पराकम्पन आएकाले मानिसहरु घर बाहिर आएर बसेका छन् ।
भूकम्पका कारण थुप्रै भवन ढलेका छन् । ती भवनमा पुरिएर धेरेको ज्यान गएको हो । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार १२० वर्षमा पहिलो पटक उक्त क्षेत्रमा यतिठूलो भूकम्प आएको हो ।
यसको तीव्रता अमेरिकी जियालोजिकल सर्वेका अनुसार ७।२ स्केल रहेको बताइएको छ । अहिलेसम्म यति नै भन्ने निश्चित भएको छैन ।
उत्तर अफ्रिकामा भूकम्प दुर्लभ मानिन्छ । यसअघि सन् १९६० मा अगादिर नजिक ५।८ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यतिबेला हजारौँको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
ताजा खबर
-
दोलखामा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ
-
इराकको विवाह समारोहमा आगलागी : कम्तीमा १ सयको मृत्यु
-
१९औं एसियाली खेलकुद : मंगोलियामाथि नेपालको सानदार जित
-
अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप
-
काठमाडौंको गैह्रीगाउँ हत्या प्रकरणकाे सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ
-
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : राजेन्द्र लिङदेन
धेरै पटक पढिएका
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
-
पत्रकार शिवाकोटी सम्मानित
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति