१३ असोज २०८०, शनिवार

30th, September 2023, Saturday

Aaawajonline.com
दुर्घटना

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

२३ भदौ २०८०, शनिवार आवाज संवाददाता
आवाज संवाददाता

२३ भदौ २०८०, शनिवार

भदौ २३– भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

शुक्रबार राति सूर्य विनायक नगरपालिका(८ आदर्श भक्तपुर फ्युल सेन्टर नजिक बागमती प्रदेश ०२(०२३ प २८५९ र प्रदेश नं ३ (०२(००२ प ६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपाकी नवीना काफ्लेको मृत्यु भएको हो ।

दुर्घटनामा उनका श्रीमान् किरण घिमेरे घाइते भएका छन् । अर्को मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाँउपालिका वडा नं। ४ घर भई हाल भक्तपुर नलिन्चोक बस्ने हिरा बडाल पनि घाइते भएका छन् ।

घाइते दुवै जनाको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।