१३ असोज २०८०, शनिवार

30th, September 2023, Saturday

Aaawajonline.com

प्रदेश सभा को बैठक सुचारु गराउन सर्वदलिय बैठक बस्दै

२४ भदौ २०८०, आइतवार आवाज संवाददाता
आवाज संवाददाता

२४ भदौ २०८०, आइतवार

हेटौडाः  बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठक बस्दै छ ।  प्रदेश सभाको बैठक लामो समयदेखि सुचारु हुन नसकको सन्दर्भमा सभामुख भुवन पाठकले सर्वदलीय बैठक बोलाउनु भएको हो ।
सभामुख पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाउनु भएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।  उहाँले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूका संसदीय दलका नेता, सचेतक तथा प्रतिनिधिहरूलाई उपस्थित हुन पत्राचार गर्नु भएको छ ।  बैठकमा सहमति जुटेमा आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सञ्चालन हुनेछ ।  गत २ महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन ।
चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्दाको समयमा विपक्षी दलहरूसँग गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै प्रदेश सभा सञ्चालनमा एमाले र राप्रपाले अवरोध गरिरहेकाछन् । तर सरकार भने प्रतिपक्षसँगको सहमति कार्यान्वयन गर्न सकारात्मक रहेको बताउँदै आएको छ । सरकारले प्रतिपक्षको माग सम्बोधन गर्ने गरी सम्झौता अनुसार एमालेलाई ४५ करोड रुपैयाँ र राप्रपालाई २५ करोड रुपैयाँको योजना तथा कार्यक्रम बजेटमा समावेश गर्ने गरी मन्त्रिपरिषद् बैठकबाट निणर्य गरिसकेको बताउने गरेको छ । राजनीतिक दलहरुको जुँगाको लडाईँले सर्वसाधारणका समस्या बारेमा प्रदेश सभामा छलफल हुन सकेको छैन ।

सम्बन्धित समाचार

East West Fast Food