एसिया कपमा आज भारत र पाकिस्तान विच खेल हुने
हिजोको खेलमा श्रीलंकाले बंगलादेशलाई हरायो


आवाज संवाददाता
२४ भदौ २०८०, आइतवार
भदौ २४- एसिया कप क्रिकेटको सुपर फोरमा घरेलु टोली श्रीलंकाले बंगलादेशलाइ पराजित गरेको छ । श्रीलंकाको कोलम्बोमा भएको खेलमा श्रीलंकाले बंगलादेशलाई २१ रनले पराजित गरेको हो ।
श्रीलंकाले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको बंगलादेश ११ बल बाँकी छँदै २ सय ३६ रनमा अल आउट भएको हो ।बंगलादेशका लागि तोहिद ह्रिदोइले सर्वाधिक ८२ रन बनाए । बलिङतर्फ श्रीलंकाका महीस थिकसीना, दासुन शनाका र महीशा पथिरानाले तीन तीन विकेट लिए ।
यसअघि पाकिस्तानसँग हारेको बंगलादेशको फाइनल पुग्ने सम्भावना कम भएको छ । श्रीलंकाले भने पहिलो खेल जितेर आफूलाई फाइनलका लागि दावेदार बनाएको छ । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । उसका लागि सदीरा समरविक्रमाले सर्वाधिक ९३ रन बनाए र कुलश मेन्डिसले ५० रन बनाए । बलिङतर्फ बंगलादेशका तस्कीन अहमद र हसन महम्मदले तीन तीन विकेट लिए ।
सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । एसिया कपमा सहभागी नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए ।
यसैविच एसिया कप क्रिकेटको सुपर फोरमा आज आइतबार भारत र पाकिस्तान खेल्दैछन् । दुई देशबीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।
सम्बन्धित समाचार
ताजा खबर
-
दोलखामा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ
-
इराकको विवाह समारोहमा आगलागी : कम्तीमा १ सयको मृत्यु
-
१९औं एसियाली खेलकुद : मंगोलियामाथि नेपालको सानदार जित
-
अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप
-
काठमाडौंको गैह्रीगाउँ हत्या प्रकरणकाे सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ
-
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : राजेन्द्र लिङदेन
धेरै पटक पढिएका
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
-
पत्रकार शिवाकोटी सम्मानित
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति