मोरक्को भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
अझै बढ्ने सम्भावना


आवाज संवाददाता
२४ भदौ २०८०, आइतवार
मोरक्कोमा शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या कम्तीमा २ दुई हजारभन्दा बढी पुगिसकेको छ । शनिबार मोरक्कोको माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर ६.८ म्याग्निच्यूडको भूकम्पका कारण माटोको इँटा, ढुङ्गा र काठका घरहरू फुटेका र मस्जिदका मीनारहरू भत्किएका ढलानमा पुरिएका हरूको छिमेकीहरू अझै पनि खोजी गरिरहेका छन् ।
ऐतिहासिक पुरानो शहर माराकेचमा पनि ठूलो क्षति पुगेको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । गृह मन्त्रालयले दुई हजार १२ जनाको मृत्यु भएको र दुई हजार ५९ जना घाइते भएको जनाएको छ । भूकम्पको धक्काबाट थुप्रै भवन तथा भौतिक संरचना भत्किएका छन् । कतिपय भत्किएका भवनमा मानिसहरू पुरिएर रहेको हुनसक्ने आकलन गरिएको छ । भूकम्पबाट ठूलो संख्यामा मानिसहरू घाइते भएपछि उपचारको क्रममा रगत अभाव हुँदा रक्तदानका लागि माराकेसस्थित सयौं मानिस लामबद्ध भएका छन् ।
रक्तदान केन्द्रमा एम्बुलेन्स नै लगेर रगत संकलन गरिएको पनि स्थानीय मिडियाले जनाएका छन् । यस्तै घाइतेहरूको उपचारका लागि रगत अभाव हुनसक्ने भन्दै स्वास्थ्यकर्मीहरूले रक्तदानको लागि आह्वान गरेका छन् । घाइतेहरूको उद्धारका लागि सरकारी अधिकारीसहित स्वयंसेवकहरू खटिरहेका छन् । यद्यपि कतिपय मानिसहरू भत्किएका भवनहरूमा पुरिएर रहेको हुनसक्ने स्थानीय मिडियाले जनाएका छन् ।
सम्बन्धित समाचार
ताजा खबर
-
दोलखामा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ
-
इराकको विवाह समारोहमा आगलागी : कम्तीमा १ सयको मृत्यु
-
१९औं एसियाली खेलकुद : मंगोलियामाथि नेपालको सानदार जित
-
अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप
-
काठमाडौंको गैह्रीगाउँ हत्या प्रकरणकाे सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ
-
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : राजेन्द्र लिङदेन
धेरै पटक पढिएका
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
-
पत्रकार शिवाकोटी सम्मानित
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति