४ असार २०८१, सोमवार

17th, June 2024, Monday

Aaawajonline.com

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२६ भदौ २०८०, मङ्गलवार आवाज संवाददाता
आवाज संवाददाता

२६ भदौ २०८०, मङ्गलवार

काठमाडौं : नेकपा एमाले उपाध्यक्ष एवं पूर्व सभामुख सुवास चन्द्र नेम्बाङको निधन भएको छ ।  राति एक बजे हृदयाघात भएपछि नेम्बाङ लाई शिक्षण अस्पत्ताल लगिएको थियो । अस्पताल पुर्‍याएपछि शिक्षण अस्पत्तालका डाक्टरहरुले उहाँलाई मृत घोषणा गरेका थिए ।
नेम्बाङ २०५६ साल यता इलामबाट लगातार निर्वाचन जित्दै आउनु भएको थियो । नेपालको वर्तमान संविधान निर्माणमा उहाँको ठूला योगदान रहेको छ ।  शालिन ब्यक्तित्वका धनी नेम्बाङ नेपाली राजनीतिमा सहकार्य अनि समन्वयका पर्याय हुनु हुन्थ्यो । उहाँको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुस्पकमल दहाल, काँग्रेस सभापती शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली लगायतले शोक  बक्तब्य प्रकाशित गर्दै गहिरो शोक ब्यक्त गर्नु भएको छ । 
नेम्बाङको शब बुधवारसम्म श्रद्धाञ्जलीकालागि बुधवार सम्म नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा राखिने बताईएको छ ।

सम्बन्धित समाचार

East West Fast Food