४ असार २०८१, सोमवार

17th, June 2024, Monday

Aaawajonline.com

नेम्वाङको अन्त्येष्टि भोलि पशुपतिमा गरिने

२७ भदौ २०८०, बुधवार आवाज संवाददाता
आवाज संवाददाता

२७ भदौ २०८०, बुधवार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि भोलि (बिहीबार) गरिने भएको छ ।  नेम्वाङको अन्त्येष्टि भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिँदै छ ।

 

उनको निजी निवास बालुवाटार-शिक्षण अस्पताल, महाराजगञ्ज-नारायणगोपाल चोक-धुम्बाराही-चाबहिल-गौशाला हुँदै पशुपति आर्यघाट रहेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।

 

नेम्वाङको मंगलबार बिहान निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ ।

सम्बन्धित समाचार

East West Fast Food