१३ असोज २०८०, शनिवार

30th, September 2023, Saturday

Aaawajonline.com
अपराध

काठमाडौंको गैह्रीगाउँ हत्या प्रकरणकाे सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ

३१ भदौ २०८०, आइतवार आवाज संवाददाता
आवाज संवाददाता

३१ भदौ २०८०, आइतवार

काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा शुक्रबार राति दिव्य सःमिलमा चार जनाको हत्या भएकाे प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

 

काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले  हत्याको मुख्य अभियुक्त हुन सक्ने भन्दै उनलाई आज पक्राउ गरिएकाे हाे। पक्राउ परेका व्यक्ति घटनास्थलको सीसीटीभी फुटेजमा देखिएका थिए। उनी घटनास्थलबाट भक्तपुरतर्फ लागेको दृश्य सीसीटीभी क्यामरामा कैद भएको छ ।

 

हिजो ट्याक्सी चढेर घट्ना बारे  खबर गर्न  गएका दीपेन्द्र राईकाे कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।