१९औं एसियाली खेलकुद : मंगोलियामाथि नेपालको सानदार जित


आवाज संवाददाता
१० असोज २०८०, बुधवार
काठमाडौं । १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले २ सय ७३ रनको विशाल अन्तरले विजयी भएको छ ।
पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको मंगोलिया बलिङ र फिल्डिङतर्फ कमजोर प्रदर्शन गरेसँगै नेपालले अहिलेसम्मकै फराकिलो जित हासिल गरेको हो । यसअघि चेक गणतन्त्रले टर्कीमाथि २५७ रनको जित हात पारेर रन अन्तरको हिसाबमा सबैभन्दा फराकिलो जितको विश्व कीर्तिमान बनाएको थियो ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै मंगोलियालाई तीन सय १५ रनको लक्ष्य दिएको थियो । मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो । मंगोलियाको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू खेल हो । मंगोलियापछि नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
पत्रकार शिवाकोटी सम्मानित