इराकको विवाह समारोहमा आगलागी : कम्तीमा १ सयको मृत्यु


आवाज संवाददाता
१० असोज २०८०, बुधवार
काठमाडौं । उत्तरी इराकको एक विवाह समारोहमा आगलागी भएको छ । इराकको निनेभ प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार राति आगलागी हुँदा कम्तीमा सय जनाको मृत्यु र १५० जनाभन्दा धेरै घाइते भएका छन् ।
भवन निर्माण गर्न प्रयोग भएको प्रज्वलनशील प्यानलले आगलागीलाई थप भीषण बनाएको र यसले गर्दा भवनको छत खसेको आशङ्का गरिएको छ । प्रारम्भिक रिपोर्टमा आतिशबाजी पछि आगलागी सुरु भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार सयौँ मानिसहरू विवाह समारोहमा रमाइलो गरिरहेका बेला स्थानीय समयअनुसार राति १०ः४५ बजे आगलागी सुरु भएको थियो । मृतक र घाइतेको यकिन सङ्ख्या आइनसकेको र यो सङ्ख्या अझै बढ्न सक्ने स्थानिय सञ्चारमाध्यमहरुले प्रकाशन गरेका छन् ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने