दोलखामा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ


आवाज संवाददाता
११ असोज २०८०, बिहिवार
दोलखाको सिंगटीबाट प्रहरीले ४ किलो तस्करीको सुन सहित ३ जनालाई पक्राउ गरेको छ।
सिंगटी बजारबाट ३ जनालाई गए राती पक्राउ गरिएको र उनीहरूको साथबाट ४ किलो तस्करीको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए।
पक्राउ परेका तीनै जना व्यक्तिहरुको पहिचान खुलेको छ । स्रोतका अनुसार पक्राउ पर्नेमा विगु गाउँपालिका–१, स्यालुका केशर तामाङ, लामाबगरका राज तामाङ र लामाबगर गोंगरका माधव मगर रहेका छन् ।
उनीहरूले तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशंका गरिएको छ।लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियाे ।
पैदलमार्गबाट सुन भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ ।
बिहीबार (आज) प्रहरीले पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी गराउने तयारी गरेको छ । आइतबारदेखि चीनको रोङजिया र क्वादम सीमा नाका चीनले खोलिदिएको थियोे। चीनले बन्द गरेको लप्ची नाकाबाटै तस्करले सुन भित्र्याएको हुन सक्ने प्रहरी स्रोतको भनाइ छ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
पत्रकार शिवाकोटी सम्मानित