१५ मंसिर २०८०, शुक्रवार

1st, December 2023, Friday

Aaawajonline.com

परराष्ट्रमन्त्री साउद नेपाली नागरिकलाई स्वदेश फर्काउन आफैं इजरायल जाने

२४ असोज २०८०, बुधवार आवाज संवाददाता
आवाज संवाददाता

२४ असोज २०८०, बुधवार

काठमाडौं । इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई स्वदेश फर्काउनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन् ।
नेपाल वायु सेवा निगमको जहाज आज राति त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने तय भएसँगै नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद आफैँ इजरायल जाने भएका हुन् ।

 

इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबारदेखि सुरु गरेको रकेट आक्रमण अहिले दोहोर युद्धमा परिणत भएको छ । हमासको आक्रमणमा परेका विद्यार्थीहरू नेपालका त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ प्रोग्रामअन्तर्गत इजरायल पुगेका थिए ।