१४ मंसिर २०८०, बिहिवार

30th, November 2023, Thursday

Aaawajonline.com

इजरायलबाट स्वदेश फर्किए २५४ नेपाली नागरिक

२६ असोज २०८०, शुक्रवार आवाज संवाददाता
आवाज संवाददाता

२६ असोज २०८०, शुक्रवार

इजरायलमा रहेका २५४ नेपाली नागरिक स्वदेश आइपुगेका छन् । नेपाल एयरलाइन्सको विमानबाट उनीहरुलाई सरकारले उद्धार गरेर ल्याएको हो । इजरायलमा 'अर्न एण्ड लर्न' कार्यक्रममा गएका विद्यार्थीहरुसहित स्वदेश फर्कन लागेका नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी इजरायल पुगेका थिए ।

 

आवश्यकता अनुसार अरूलाई पनि देशमा फिर्ता ल्याउन सरकारले पहल गर्ने परराष्ट्रमन्त्री साउदले बताए । उनका अनुसार ५०३ जनाले आउन आवेदन दिएकोमा अहिले २५४ जनालाई ल्याइएको छ ।

 

स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट नेपाली समय ५ बजेर १७ मिनेटमा नेपाली विमानले उडान भरेको थियो । उद्धारका लागि बिहीबार बिहान दुबई हुँदै गएको नेपाल एयरलाइन्सको विमान तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

सम्बन्धित समाचार

East West Fast Food