स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति, आन्दोलन फिर्ता


आवाज संवाददाता
२८ असोज २०८०, आइतवार
काठमाडौं । १९ बुँदे मागसहित दुई सातादेखि आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ ।
संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई र संघर्ष समितिका संयोजक दीपक गौतमलगायतले सहमति पत्रमा हस्ताक्षर गरेसँगै आन्दोलन पनि फिर्ता भएको हो । संघीय निजामती विधेयकमा आफूहरूलाई विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलित थिए ।
ऐनमा संघ प्रदेश संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको सेवा र सर्तका विषयमा न्यूनतम मापदण्ड तय गर्ने, स्थानीय सेवाका स्थायी कर्मचारीहरूलाई निजामती कर्मचारीका रूपमा परिभाषित गर्ने व्यवस्थाका लागि प्रदेश कानुन निर्माणताका पहल गर्ने जस्ता सहमति भएको छ ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
पत्रकार शिवाकोटी सम्मानित