सरकारद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान


आवाज संवाददाता
३० असोज २०८०, मङ्गलवार
काठमाडौं । सरकारले गैरआवासीय नेपाल एनआरएनलाई नेपाली नागरिकता प्रदान गरेको छ ।
विश्व सम्मेलनको सन्दर्भ पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबारबाट गैरआवासीय नेपाल एनआरएनलाई नागरिकता वितरण सुरू गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई पहिलो गैरआवासीय नेपाली नागरिकता प्रदान गरेर वितरणको सुरुआत गरेका हुन् ।
गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको छ । नागरिकता प्राप्त गरेपपिछ उनीहरूले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ । गत भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले पारित गरेको नेपाल नागरिकता नियमावली तेस्रो संशोधनमा शपथको व्यवस्था राखिएको छ । गत जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरेको थियो ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
पत्रकार शिवाकोटी सम्मानित