दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने


नवराज शिवाकोटी
१२ कार्तिक २०८०, आइतवार
चरिकोटः दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्बर नौ मा रहेको दुर्गम नाँ गाउँमा सोलार प्लान्ट स्थापना गरी विद्युत सेवा उपलब्ध गराईने भएको छ । प्रशिद्ध रोलवालिङ पदयात्रा मार्गमा पर्ने सो स्थानमा राष्ट्रिय प्रशारण लाईनबाट विद्युत पुर्याउन कठिन भएकोले सोलार प्लान्टको स्थापना गरि विद्युत सेवा उपलब्ध गराईने भएको हो ।
३० किलोवाट क्षमताको सोलार प्लान्ट स्थापना गर्न ठेकेदारसँग सम्झौता भई सोलार प्लान्ट निर्माणको शिलान्यास समेत भइसकेको गौरिशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष निमागेली शेर्पाले जानकारी दिनुभयो । सोलार प्लान्ट स्थापनाकोलागि बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको ९० प्रतिशत तथा बाँकी १० प्रतिशत जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय दोलखा र गौरिशंकर गाउँपालिकाको लागत साझेदारी रहेको उहाँको भनाई रहेको छ ।
बैकल्पिक उर्जा केन्द्रले ३ करोड १४ लाख ९ हजार एकसय सात रुपैयाँ, जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय दोलखाले २५ लाख तथा गौरिशंकर गाउँपालिकाले ९ लाख ८९ हजार ९०० रुपैयाँ नाँ शौर्य मिनी ग्रिडकालागि लगानी गर्ने छन् । ३० किलोवाट क्षमताको शौर्य मिनि ग्रिडको कुल लागत ३ करोड ४८ लाख ९९ हजार सात रुपैयाँ रहेको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । वडा तथा गाउँपालिकाको लामो प्रयास पछि मिनिग्रिड निर्माणकालागि लगानी जुटेको उहँाँको भनाई रहेको छ । शौर्य मिनिग्रिड निर्माण ६ महिनामा सम्पन्न गर्ने गरी सनब्रिज सनस्टार जेभी सँग सम्झौता गरिएको छ । निर्धारित समय भित्रै आयोजना सम्पन्न गर्ने निर्माण कम्पनीका कुमार बस्नेतले बताउनुभयो ।
रोलवालिङ पदयात्रा मार्गमा पर्ने नाँ गाउँ च्छोरोल्पा हिमताल जाने बटोको सबै भन्दा माथिल्लो मानव वस्ति हो । यही बाटोबाट टासीलाप्चा हुँदै नाम्चे बजार सम्म पुग्न सकिन्छ । नाँ गाउँ समुद्र सतहबाट ४२ सय मिटरको उचाईमा पर्दछ । होटल तथा होम स्टे सञ्चालन यहाँका मानिसहरको मुख्य पेशा रहेको छ । जाडो मौसम सुरुभई हिमपात हुन थालेसँगै मंशिर देखि माघ-फागुन सम्म यहाँका मानिसहरु बेदिङ तर्फ झर्दछन् । बेदीङसम्म भने केन्द्रीय प्रशारण लाइनको विद्युत पुगिसकेको छ । सोलार ग्रीडको स्थापना पछि सिमित मात्रमा भएपनि विद्युत प्राप्त भई होमष्टे सञ्चालनमा सहज हुने नाँ गाउँका स्थानीयहरुको विश्वास छ । नाँ गाउँमा हाल ७० घर धुरीको बसोवास रहेको छ ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने