भीमेश्वर नगरपालिकाको पहिलो त्रैमासिकको आन्तरिक आय ५१ लाख


नवराज शिवाकोटी
१८ कार्तिक २०८०, शनिवार
चरिकोटः भीमेश्वर नगरपालिकाले आर्थिक वर्षको पहिलो ३ महिनामा करिब ५१ लाख राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको उक्त अवधिमा नगरले कुल ५० लाख ९५ हजार पाँसचय सत्तरी रुपैयाँ राजश्व संकलन गरेको हो ।
चालु आर्थिक वर्षको असोज मसान्त सम्म विभिन्न शीर्षकमा भीमेश्वर नगरपालिकाले कुल ५० लाख ९५ हजार पाँचसय सत्तरी रुपैयाँ छयहत्तर पैशा राजश्व (आन्तरिक आय) संकलन गरेको भीमेश्वर नगरपालिकाका सूचना अधिकारी जगदीश अर्यालले जानकारी दिनुभयो । विभिन्न २१ वटा शीर्षकमा उक्त राजश्व रकम संकलन भएको उहाँको भनाई छ ।
संकलित राजश्व मध्ये भीमेश्वर नगरपालिका कार्यालयबाट २४ लाख ४४ हजार छ सय एकतिर रुपैयाँ संकलन भएको छ । भने बाँकी वडा कार्यालयहरु मार्फत संकलन भएको राजश्व हो । वडागत रुपमा भएको राजश्व संकलनका हिसावले सबैभन्दा बढी राजश्व भीमेश्वर नगरपालिका वडा नम्बर तीनबाट ७ लाख ५ हजार नौसय दश रुपैयाँ तथा सबै भन्दा कम वडा नम्बर चारबाट १ लाख पाँचहजार त्रिसट्ठी रुपैयाँ रहेको छ ।
यसैगरी भीमेश्वर नगरपालिका वडा नम्बर एक बाट १ लाख ८७ हजार नौसय सोह्र, वडा नम्बर दुईबाट ३ लाख ५१ हजार छसय पैतालिस तथा वडा नम्बर पाँच बाट २ लाख ७० हजार एकसय पैतालिस रुपैयाँ राजश्व संकलन भएको भीमेश्वर नगरपालिकाले बताएको छ । यस्तै वडा नम्बर ६ बाट २ लाख ४६ हजार तीनसय पैसट्ठी, वडा नम्बर आठबाट १ लाख ७० हजार तथा वडा नम्बर नौ बाट ३ लाख ३ लाख १५ हजार तीनसय दुई रुपैयाँ चालु आर्थिक वर्षको ३ महिनामा आन्तरिक आय संकलन भएको नगरको भनाई रहेको छ ।
शीर्षक गत रुमा हेर्दा चालु आर्थिक वर्षको पहिलो तिनमहिनामा सबै भन्दा बढी भूमिकर बापत १० लाख ८९ हजार एकसय चौरहत्तर तथा सबै भन्दा कम अन्य क्षेत्रका आय वाट एकसय पचास रुपैयाँ राजश्व असुली भएको प्रबक्ता अर्यालको भनाई रहेको छ । नगरले एकिकृत सम्पतिकर, भूमि कर, बहालकर, कृषि तथा पशुजन्य वस्तुको ब्यावसायिक कारोवारमा लाग्ने कर, अन्यकर, सरकारी सम्पतीको बहालबाट प्राप्त आय, अन्य विक्रीबाट प्राप्त आय, विद्युत सेवा शुल्क, न्यायिक दस्तुर, प्रशासनीक सेवा शुल्क, नक्सापास दस्तुर, रिफारिस दस्तुर, प्रशासननिक दण्ड जरिवाना लगायत २१ शीर्षकहरुमा राजश्व संकलन गर्ने गरेको भीमेश्वर नगरपालिकाले बताएको छ ।
थप सामग्री : https://ehimalayatimes.com/2023/11/169726/
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
पत्रकार शिवाकोटी सम्मानित