१४ मंसिर २०८०, बिहिवार

30th, November 2023, Thursday

Aaawajonline.com

सामूदायिक वन समूहहरुका पदाधिकारीहरुलाइ एक दिने तालिम

२२ कार्तिक २०८०, बुधवार नवराज शिवाकोटी
नवराज शिवाकोटी

२२ कार्तिक २०८०, बुधवार

चरिकोटः सदरमुकाम चरिकोटमा सामूदायिक वन समूहहरुका पदाधिकारीहरुलाइ एक दिने तालिम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय दोलखाको आयोजनामा लेखा तथा अभिलेख ब्यवस्थापन सम्बन्धि एक दिने तालिम मंगलवार सम्पन्न भएको हो । 
भीमेश्वर सवडिभिजन कार्यालय अन्तर्गतका सामूदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा कोषाध्यक्षहरुकालागि आयोजना गरिएको एक दिने लेखा तथा अभिलेख ब्यवस्थापन सम्बन्धि तालिम मंगलवार सम्पन्न भएको डिभिजन वन कार्यालय दोलखाका प्रमुख कृष्णराज न्यौपानेले जानकारी दिनुभयो । प्रचलित कानुन बमोजिम वन उपभोक्ता समितिहरुलाई लेखाको विवरण राख्न तथा माइन्यूट गर्न एवं अभिलेख ब्यवस्थापन गर्न सहज होस भनी तालिमको आयोजना गरिएको डिभिजन प्रमुख न्यौपानेको भनाई रहेको छ । तालिममा सव डिभिजन भीमेश्वर अन्तर्गतका सोह्रवटा वन उपभोक्ता समितिका अध्यक्ष तथा कोषाध्यक्षहरुको उपस्थिति रहेको भीमेश्वर सब डिभिजन प्रमुख गुप्तबहादुर बस्नेतले जानकारी दिनुभयो ।  तालिममा डिभिजन वनकार्यालय दोलखाका प्रमुख कृष्णराज न्यौपाने तथा भीमेश्वर नगरपालिकाका लेखा प्रमुख जगदिश अर्यालले प्रशिक्षण दिनुभएको थियो ।

 

सम्बन्धित समाचार

East West Fast Food