पैसा नदिएको झोकमा आफ्नै छोराले ८१ वर्षीय आमाको हत्या

 आवाज संवाददाता     १६ श्रावण २०७३, आईतवार

आमाले राखेको पैसा नदिएको झोकमा आफ्नै छोराले आमाको नाक, मुख काटी हत्या गरेको रहस्य खुलेको छ । प्रहरी अनुसन्धानपछि एक हप्ता अघि लापिलाङ २ की बर्ष ८१ की मानशोभा खडकाको हत्या आफ्नै माइलो छोरा ४२ वर्षीय रेशम खड्काले गरेको रहस्य खुलेको हो ।
मानशोभा आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन् । छोरालेआमासँग रुपैया माग्दा नदिएको कारण आबेशमा आई आमाले सिरानी मुनि राखेको धारिलो हतियार (खुकुरी) ले नाक, मुख र टाउकोमा प्रहार गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानारी दिए ।  निजलाई पक्राउ गरी सोधपुछ गर्दा इन्कार गरेकोले निजको पोलिग्राफ परीक्षण गर्दा निजले नै हत्या गरेको खुल्न आएको हुँदा थप अनुसन्धान भई रहेको बताए ।
अपराध अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय दोलखाले पोलियोग्राफी प्रविधि पहिलो पटक प्रयोगमा ल्याएको हो । पोलियोग्राफीका लागि तालिमप्राप्त थप जनशक्ति समेत व्यवस्था गरेको उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।