सिन्धु विकास बैंकको ११ औँ शाखा चरिकोटमा

 आवाज संवाददाता     १८ श्रावण २०७३, मंगलवार

साउन १८, दोलखा । सिन्धु विकास बैंकले आफ्नो ११ औं शाखा दोलखा सदरमुकाम चरिकोटमा स्थापना गरेको छ । आज बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले रिवन काटेर शाखा उद्घाटन गरेका हुन् ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा केन्द्रीय कार्यालय रहेको बैंकले यसअघि मेलम्ची, खाडीचौर, मुडे, सुकुटे काभे्रपलाञ्चोक जिल्लाको बनेपा, पाँचखाल र दोलालघाट, सिन्धुलीको भकुण्डेबेसीमा शाखा खोलीसकेको छ । बैंकको चुक्ता पुँजी साढे १२ करोड रुपैयाँ रहेकोमा हकप्रद सेयर जारी कार्य सकिएपछि २५ करोड पुग्ने प्रवन्धक पुष्कर जिसीले जानकारी दिए ।
बैंक स्थापनाको पहिलो दिन नै शाखामा करिब १ सय ५० जनाले खाता खोलेको र करिब १८ लाख निक्षेप संकलन भएको शाखा प्रवन्धक जिसीले जानकारी दिए ।
यो सहित दोलखामा बैंकको संख्या १५ पुगेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।