मलेसिया जाने सुरजलाई शुभकामना सहित बिदाई

 आवाज संवाददाता     २१ श्रावण २०७३, शुक्रबार

जापानिज गोजुरियो कराँतेको एसियन प्रतियोगितामा भाग लिन मलेसिया जान लागेका सुरज तमाङलाई नयाँ शक्ति नेपाल दोलखाले शुभकामना सहित बिदाई गरेको छ । नयाँ शक्ति नेपाल दोलखाको पार्टी कार्यालय चरिकोटमा आयोजित बिदाई कार्यक्रममा नयाँ शक्ति नेपाल दोलखा क्षेत्र नं. २ संयोजक सन्तोष राउत, जिल्ला पार्टी सदस्य शिव कार्की, वाङछु घिसिङ, नगर सचिव कमला कार्की लगायतले शुभकामना दिए ।sss
एसियन प्रतियोगितामा तामाङ सहित ९ जना छनौट भएका छन् । खेलाडी टोली शुक्रबार नै मलेसिया पुग्ने छ । १० दिनसम्म मलेसियाको राजधानी क्वालालामपुरमा खेल चल्नेछ । सुरज जापानिज गोजुरियो कराँतेका चरिकोटमा प्रशिक्षक समेत हुन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।