काँग्रेसको दोलखा पुनर्संरचनामा ७ र ९ पालिकाको २ प्रस्ताव

 आवाज संवाददाता     २१ श्रावण २०७३, शुक्रबार

नेपाली काँग्रेसले दोलखाको स्थानीय निकाय पुनर्संरचनाका लागि ७ र ९ गरी २ बिकल्प प्रस्ताव गरेको छ । काँग्रेसले पार्टी भित्र लामो बहस र छलफलपछि २ बिकल्प अघि सारेको हो । काँग्रेसले यो विकल्प पुनर्संचना आयोगलाई सुझावको रुपमा पेश गर्ने सभापति रुद्रबहादुर खड्काले जानकारी दिए ।
यस्तो छ काँग्रेसको पहिलो बिकल्प
दोलखा जिल्लालाई स्थानीय पुनर्सरचनाको कार्यसर्त र कार्यविधि अनुसर हिमाली भुभागमा पर्ने गाँउहरुलाई समेत ध्यानमा राखी २ नगरपालिका र ७ गाँउपालिका बनाउन सकिने नेपाली क़ाग्रेसको ठहर रहेकोले सुझाव पेस गर्दछ।

भिमेश्वर नगरपालिका जनसंख्याः २६३०० अन्दाजी
लाकुरीडाँडा को वाडा नं.१,२,८, ९ र बोच पुरै समावेश गर्ने गरी।
जिरी नगरपालिकाः १७२३६
श्याम र हावा समावेश गर्ने गरी।

गाँउ पालिकाहरुः
१, गौरिशंकर, खारे, चंखु, सुरी र झ्याकुलाई समावेश गर्ने गरीः १३१८०
२, जुंगु, क्षत्रपा, नाम्दु, काव्रे, मिर्गे र गैरीमुदीलाई समावेश गर्ने गरीः २३७६५
३, भीरकोट, झुले, जफे, मालु, शहरे र च्यामालाई समावेश गर्ने गरीः १७१२८
४, मेलुङ्ग, डाँडाखर्क, भेड्पु, घ्याङसुकाठोकर, पवटी र शैलुङ्गेश्वरलाई समावेश गर्ने गरीः २४३४१
५ फस्कु, काटकुटी, मागपौवा, दुधपोखरी, भुषाफेदा र लाँकुरीडाँडा को ४, ५, ६, ७ वडाहरु समावेश गर्ने गरीः १७०६७ अन्दाजी
६ सस्पाक्षमावति, सन्द्रावती, सुनखानी, लापिलाङ, लामिडाँडा, बबरे र कालिन्चोकलाई समावेश गर्ने गरीः २६३९१
७ खोपाचागु, विगू, आलम्पु, चिलंखा, लादुक, वुलुंग, ओराङ र लामाबगरलाई समावेश गर्ने गरीः १७४०६

बिकल्प २

नेपाली कांग्रेस दोलखाले २ नगरपालिका र ५ गाँउपालिकामा जान सकिने क्षेत्र विभाजन पनि गरेको छ।
१ भिमेश्वर नगरपालिकाः ३७००० अन्दाजी
लाँकुरीको १,२, ८, ९ बोच, सुस्पाक्षमावती, सुन्द्रावती, सुनखानी र लापिलाङको खोलाको सिमान हुने गरी।
२, जिरी नगरपालिकाः ३०००० अन्दाजी
श्यामा, हावा, क्षेत्रपा, नाम्दु, काव्रे, र मिर्गेको ७, ८, ९ वडाहरु हुने गरी।

गाँउ पालिकाहरुः
१, गौरिशंकर, लामाबगर, ओराङ, वुलुङ, लादुक, खारे, मार्वु, चंखु, सुरी, झ्याँकु र जुँगू हुने गरी।
२ मिर्गेको १, २, ३, ४, ५, ६ वडाहरु, गैरीमुदी, भीरकोट, झुले, जफे, मालु, शहरे र च्यामा हुने गरी।
३, मेलुङ, डाँडाखर्क, भेडपू, घ्याङसुकाठोकर, पवटी , शैलुङ्गेश्वर हुने गरी।
४, फस्कु,काटकुटी,मागपौवा, दुधपोखरी ,भुषाफेदा, लाँकुरीको ३, ४, ५,६,७ वडाहरु हुने गरी।
५ लापिलाङको खोलाको सिमान पारी, लापिलाङ, बावरे, कालिनचोक ,खोपाचागु , विगु, आलम्पु र चिलंखा हुने गरी।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।