तल्लोखारे अघि बढाउन ठेकेदार कम्पनीसँग सम्झौता

 आवाज संवाददाता     २१ श्रावण २०७३, शुक्रबार

तल्लोखारे जलविद्युत् आयोजना अघि बढाउन सीईडीबी हाइड्रो फन्डको सहायक कम्पनी युनिभर्सल पावर कम्पनी र ठेकेदार कम्पनीबीच सम्झौता भएको छ । दोलखाको सुरी, चंखु र खारे गाविसमा निर्माण हुने ११ मेगावाटको तल्लोखारे खोला जलविद्युत् आयोजना र संयुक्त भेन्चर अल्टास हाइड्रो कन्सोटियमबीच बिहीबार हेडवर्कस सिभिल निर्माण कार्यको लागि सम्झौता भएको हो ।

तल्लोखारे खोला जलविद्युत् आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ भने ऊर्जा मन्त्रालयले विद्युत् उत्पादन अनुमति पत्र प्रदान गरिसकेको छ । बैंक अफ काठमाडौं लुम्बिनीको नेतृत्वमा आयोजनाको ऋण सम्झौता गरेको ठेकेदार कम्पनीले सिभिल निर्माण कार्यको थालनी गरेको जनाएको छ । २ अर्ब ४ करोड लागत लाग्ने तल्लोखारे खोला जलविद्युत् आयोजनाबाट २०७६ असारभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।