‘प्रहरी मेरो साथी’ अभियान अव विद्यालयमा

 आवाज संवाददाता     २४ श्रावण २०७३, सोमबार

दोलखा, २४ साउन । जिल्ला प्रहरी कार्यालय दोलखाले माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी ‘प्रहरी मेरो साथी’ सचेतना अभियान आजबाट सुरु गरेको छ ।
अभियान अन्तर्गत आज सदरमुकामस्थित राइजिङ स्टार इङ्गलिस स्कुलका एक सय १० जना बालबालिकाहरुलाई सचेतनामूलक अन्तक्र्रिया कार्यक्रम सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डे र प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले विद्यार्थीहरुलाई ‘प्रहरी मेरो साथी’ सचेतना कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रहरी, अपराध, कानून जस्ता विषयमा सामान्य जानकारी तथा वालवालिका विरुद्ध हुने विभिन्न अपराध एवम् लागुऔषध, मानव वेचविखन, सामाजिक अपराध तथा ट्राफिक ज्ञान सम्बन्धमा जानकारी गराइएको थियो ।

DPO2
कार्यक्रमले वालवालिकामा प्रहरीप्रतिको सकारात्मक धारणाको विकास हुने, वालवालिका विरुद्ध हुने अपराधका सम्बन्धमा प्रहरीलाई खवर हुने, कानूनी उपचारबारे जानकारी हुने र उनीहरु मार्फत परिवारका अन्य सदस्यमा समेत सकारात्मक सन्देश जाने प्रहरीको अपेक्षा छ ।
अभियानलाई अन्य विद्यालयहरुमा समेत सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।