जिरीमा चट्याङ्ग लागेर एक घाइते

 आवाज संवाददाता     २४ श्रावण २०७३, सोमबार

चट्याङ्ग लागेर जिरी नगरपालिका वडा नंं. २ माली रोशी बस्ने १५ बर्षिय पासाङ शेर्पा गम्भिर घाईते भएका छन् । दिउँसो ३ बजेको समयमा घर नजिकै गाईगोठमा रहेका पासाङलाई चट्याङ्गको झिल्का लागेर घाईते हुन् ।
दावा शेर्पाका छोरा पासाङको जिरी अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले जानकारी दिए । घाईते पासाङको छाती पेट र खुट्टामा चोट लागि बोहोस भएकाले अवस्था गम्भिर रहेको बताईएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।