चरिकाेटबाट चरेस सहित एक जना पक्राउ

 आवाज संवाददाता     २५ श्रावण २०७३, मंगलवार

दोलखा, २५ साउन/लागु औषध चरेस सहित भीनपा १ का एक जनालाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भीमेश्वर नगरपालिका ९ मथाने स्थायी घर भएका कुमार वस्नेतको भीमेश्वर १ स्थित कोठा हिजो साँझ खानतलासी गर्दा ४ ओटा प्याकेटमा राखिएको अन्दाजी ७७८ ग्राम लागु औषध चरेस फेला परेको हो । खैरो रङको प्लास्टिकको पोकामा राखिएका ४ वटा प्याकेट ढोकाको च्यापमा लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको जनाइएको छ ।
सो क्रममा विभिन्न वैंकका चेक बुक १५ थान र २ थान मोवाइल सेट समेत प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।