गुडिरहेको मोटरसाइकल पहिरोमा पर्दा एकजनाकाे ज्यान गयो, एक घाइते

 आवाज संवाददाता     २५ श्रावण २०७३, मंगलवार

दोलखा, २५, साउन
सडकमा गुडिरहेको मोटरसाइकल पहिरोमा पर्दा जुँगू २ का पुष्करबहादुर खड्काको घटनास्थलमै ज्यान गएको छ । यार्सा प्राविका प्रधानाध्यापक समेत रहेका खड्का विद्यालयबाट घर फर्कने क्रममा जुँगू ७ बुङदेल भन्ने ठाउँमा पहिरोमा परेका हुन् ।FB_IMG_1470751019947
भुकम्पले फाटेको जमिन एक्कासी पहिरो गएपछि मोटरसाइकल पहिरोमा परेको थियो । मोटरसाइकल सहित खड्का करिब एक सय मिटर तल पुगेको स्थानीय शिक्षक रोशन कार्कीले जानकारी दिए । मोटरसाइकल चालक भिष्मप्रकाश खड्का भने गम्भिर घाइते छन् । उनको उपचारका लागि चरिकोट अस्पताल पठाएको छिमेकी प्रदीप केसीले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।