संरक्षित बन्यजन्तुको छाला सहित २ जना पक्राउ

 आवाज संवाददाता     २६ श्रावण २०७३, बुधबार

दोलखा, २६ साउन/जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान व्युरोको टोलीले संरक्षित बन्यजन्तुको छाला सहित २ जनालाई पक्राउ गरेको छ ।
भीमेश्वर नगरपालिका ६ स्थित तामाकोसी बजारबाट चरीबाघको २ थान छाला, ध्वाँसे चितुवाको एक थान छाला र सालकको खपटासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा जिल्ला शैलुङ्गेश्वर गाविस १ बस्ने वर्ष ४१ को लालबहादुर विश्वकर्मा र घ्याङसुकाठोकर गाविस ४ बस्ने ४६ वर्षका रामबहादुर तामाङ रहेका छन् ।
प्रहरीले पक्राउ गरेका व्यक्ति तथा सामाग्रीहरुलाई थप अनुसन्धानको लागि जिल्ला बन कार्यालय दोलखामा बुझाएको जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएकाे  छ ।
सरकारले चरीबाघ, ध्वाँसे चितुवा र सालक लगायतका जीवजन्तुलाई संरक्षित सूचिमा राखेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।