रामेछापको प्रीति इलाका प्रशासन कार्यालय, ८ गाविसका स्थानीयले नागरिकता लिन मन्थली धाउनु नपर्ने

 आवाज संवाददाता     २८ श्रावण २०७३, शुक्रबार

रामेछाप/ रामेछापको प्रिती लाप्चानेमा इलाका प्रशासन कायालयको सेवा सुरु भएको छ । रामेछापको उत्तर पूर्वी गाविसका ८ गाविसबासीलाई सेवा पुर्याउने उद्देश्यले कार्यालय बिहीबारबाट उद्घाटन भएको हो । इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याइएसँगै नगरिकता लगायत सरकारी सेवा स्थानीयले अब प्रीति लाप्चानेबाट नै पाउने भएका छन् ।
इलाका प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले कार्यालयको उद्घाटन गरे । प्रमुख जिल्ला अधिकारीले विस्तारै जिल्ला प्रशासन कार्यालयबाट दिंदै आएको सुविधाहरु इलाका प्रशासन कार्यालबाट नै दिने व्यवस्था मिलाईने बताए ।

इलाका प्रशासन कार्यालय सञ्चालनसँगै प्रीति, भूजी, गुप्तेश्वर, चुचुरे, गुम्देल, कुबुकास्थली, ठोसे र बाम्तीभण्डार गाविस गरी ८ गाविसका सर्वसाधारणहरुलाई लक्षित गरी स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । कार्यालय सञ्चालनमा ल्याइएसँगै ८ गाविसका स्थानीयहरुले नगरिकता लगायत सरकारी सेवा इलाका प्रशासन कार्यालयबाट नै पाउने भएका छन् । यद्यपी नागरीकताको प्रतिलिपी भने सदरमुकामबाट मात्र वितरण हुने छ ।

उद्घाटन कार्यक्रममा लवश्री न्यौपाने, नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ, लगायतल विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।