चक्पामा ढुङ्गा खसेर एक महिलाको मृत्यु

 आवाज संवाददाता     २८ श्रावण २०७३, शुक्रबार

दोलखा, २८, साउन/भीमेश्वर नगरपालिका ४ चक्पामा ढुङ्गा खसेर लाग्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
आज बेलुका खेतमा काम गरेर फर्किँदै गर्दा गुमडाँडा भिरबाट खसेको ढुङ्गाले लागेर भीमेश्वर ४ की करिब ४५ वर्षीया बुधमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनी खेत गोडेर फर्कने क्रममा वनबाट घाँस लिएर आउँदै थिइन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।