माओवादीले मन्त्रीहरुको टुंगो लगायो, प्रभु साहको नाम काटियो
आवाज संवाददाता ३० श्रावण २०७३, आईतवारमाओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको नामबारे आइतबार विहान निकटवर्तीहरुसँग छलफल गरेका थिए । र, पाँच मन्त्रीको नाम मोटामोटी टुंगिएको एक नेताले अनलाइनखबरलाई बताएका छन् ।
उनका अनुसार जनार्दन शर्मा प्रभाकर, राम कार्की, हितराज पाण्डे र धनिराम (डीआर) पौडेल मन्त्री हुने भएका छन् । यस्तै मधेसबाट सिराहाका समानुपातिक सांसद नायक परेका छन् ।
यसअघि प्रभु साहको नाम चर्चामा थियो । उनलाई कानुन मन्त्री बन्न प्रस्ताव गरिएको थियो । तर, उनले स्थानीय विकास मागे थिए ।
मन्त्री बन्ने तयारीमा रहेका नेताहरुले सपथका लाागि तयारी अवस्थामा रहन भनिएको छ ।
कसलाई कुन मन्त्रालय ?
माओवादी स्रोतका अनुसार माओवादीबाट मन्त्री हुनेहरुको मन्त्रालय पनि टुंगो लागेको छ ।
प्रभाकरले उर्जा मन्त्रालय लिनेछन् । कार्कीले सञ्चार र पाण्डेले स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् भने पौडेललाई शिक्षा र नायकलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
दुई राज्यमन्त्री बनाउने तयारी
माओवादीले दुई राज्यमन्त्री पठाउने तयारी गरेको छ । तर, नाम टुंगिएको छैन । महिला, जनजाति र मधेसीबाट राज्यमन्त्रीहरु पठाउने तयारी छ ।
साभारः अनलाइन खवरवाट
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।