फेरि २ दिन शैक्षिक हड्ताल

 आवाज संवाददाता     २९ श्रावण २०७३, शनिबार

विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववीयू (क्रान्तिकारी(ले आउँदो ३१ र ३२ गते दुई दिने आम शैक्षिक हड्तालको घोषणा गरेको छ । निजी स्कुल, निजी कलेज, मेडिकल र ईन्जिनियरिङ कलेजहरुले वृद्धि गरेको चर्को शुल्क खारेज गराउन, सिबिएसईको सम्बन्धन, पाठ्यक्रम र स्वीकृत खारेज गराउन, पूँजी र विद्यार्थी पलायन रोक्न, यातायात, स्वास्थ्य, मनोरञ्जन लगायतमा ५० प्रतिशत विद्यार्थी छुट र सहुलियत लागू गराउन, शिक्षामा निजीकरण, व्यापारीकरण, दलालीकरण, माफियाकरण र दलालीकरण अन्त्य गराउन, २० प्रतिशत छात्रबृत्ती सुनिश्चित गराउन एवं हाम्रो अपिलवमा उल्लेखित १७ बुँदे माग पूरा गराउनको लागी दवावस्वरुप यो शैक्षिक हड्तालको आयोजना गरिएको केन्द्रिय समितिले जनाएको छ ।
बिभिन्न बन्द, हड्तालबाट दिक्क भएका विद्यार्थी, अभिभावक, व्यवसायी र सर्वसाधारण नागरिक माओवादीको बन्द घोषणाले पुनः आक्रोशित भएका छन् । हरेक राजनैतिक दल र तिनका भातृ संगठनले आफ्ना राजनैतिक अभिलासा पूरा गर्नका लागि बन्द हड्ताललाई हतियारको रुपमा प्रयोग गर्ने गरेका छन् ।

क्रान्तिकारीको बन्दको दोलखाका क्रान्तिकारीका संगठन संयोजक राजकुमार लामिछानेले पुष्टि गरे । केन्द्रले गरेको कार्यक्रम अनुसार दोलखामा पनि बन्द सशक्त हुने बताए ।
निजी स्कुल, निजी कलेज, मेडिकल र ईन्जिनियरिङ कलेजहरुले वृद्धि गरेको चर्को शुल्क खारेज गराउन, सिबिएसईको सम्बन्धन, पाठ्यक्रम र स्वीकृत खारेज गराउन, पूँजी र विद्यार्थी पलायन रोक्न, यातायात, स्वास्थ्य, मनोरञ्जन लगायतमा ५० प्रतिशत विद्यार्थी छुट र सहुलियत लागू गराउन, शिक्षामा निजीकरण, व्यापारीकरण, दलालीकरण, माफियाकरण र दलालीकरण अन्त्य गराउन, २० प्रतिशत छात्रबृत्ती सुनिश्चित गराउन एवं हाम्रो अपिलवमा उल्लेखित १७ बुँदे माग पूरा गराउनको लागी दबाबस्वरुप यो शैक्षिक हडतालको आयोजना गरिएको उनले बताए ।

सो संगठनले २०७३ साउन १२ गते पत्रकार सम्मेलनमार्फत संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्दै साउन १७ गते मागपत्र बुझाएको थियो भने साउन २८ गते अन्तरक्रिया कार्यक्रम, साउन ३० गते देशव्यापाी प्रदर्शन कार्यक्रमहरु रहेको बताएको थियो । साउन ३१ र ३२ गते आम शैक्षिक हड्ताल एवं भदौ १ गतेदेखी नयाँ चरणको संघर्षमा जाने घोषणा समेत गरिसकेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।