नेविसंघमा देउवा र गगन-प्रदिपको संयुक्त प्यानल घोषणा

 आवाज संवाददाता     ३१ श्रावण २०७३, सोमबार

३१ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा र गगन थापा-प्रदिप पौडेल समूहले संयुक्त प्यानल घोषणा गरेका छन् ।

रामचन्द्र पौडेल समूहको विरोधका कारण मनोनयन दर्ता प्रक्रिया लम्बिएको छ । र, साँझ ६ बजेसम्म समय तोकिएको छ । साथै सहमतिको प्रयास चलिरहेको छ ।

यसबीचमा देउवा र गगन-प्रदिप समूहले संयुक्त प्यानलको घोषणा गरेका छन् । अध्यक्षमा नैनसिंह महर छन् भने महामन्त्रीमा गगन-प्रदिप समूहबाट कुन्दन काफ्ले उम्मेदवार भएका छन् । काफ्लेले अध्यक्षको दाबी गर्दै आएका थिए । तर, संस्थापन समूहमा गठवन्धन गरेपछि महामन्त्रीको उम्मेदवार बनेका छन् ।

अर्का महामन्त्रीको उम्मेदवार सरोज थापा छन् । उपसभापति र कोषाध्यक्षमा भने सहमति हुन बाँकी छ । यसमा छलफल भइरहेको एक नेताले बताए ।

अनलाइनखबरमा खबर छ

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।