काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै (अपडेट)

 आवाज संवाददाता     ३१ श्रावण २०७३, सोमबार

बनेपा— काभ्रेमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। करिब ३५ जना घाइते छन्। घाइतेलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर घटनास्थल पुगेको छ।

काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो। प्रहरीले दुर्घटनामा ३१ को मृत्यु भएको पुष्टि गरेको हो।

कात्तिके देउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो। प्रहरीले दुर्घटनामा ३१ को मृत्यु भएको पुष्टि गरेको हो।

बसले कोचाकोच यात्रु राखेको थियो। बसभित्र र छतमा गरी करिब ८५ जना यात्रु रहेको प्रहरीले जनाएको छ। अत्यधिक यात्रु बोकेको बस अनियन्त्रित भएर विर्तादेउराली ७ खहरेखोला नजिकै सडकबाट तल खसेको थियो।

घटनास्थलबाट कात्तिके देउराली गाविसका सब इन्जिनियर नरेश कार्कीले बताएअनुसार दुर्घटनामा परी घाइते भएकाहरुलाई स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य भइरहेको छ। करिब ४० जना घाइतेलाई बसभित्रबाट बाहिर निकालिएको उनले जानकारी दिए। ‘४० जना घाइतेलाई उद्धार गरिएको छ। बस चालक खुट्ट भाँचिएको अवस्थामा उद्दार गरिएको छ’, उनले भने।

मृतक र घाइते हुनेहरु अधिकांश कात्तिके देउराली, विर्तादेउराली र मादनकुँडारी गाविसका रहेको स्थानीय पुष्करराज पन्तले बताए। उनका अनुसार बसभित्र धेरै मान्छे च्यापिएका छन्। उनीहरुको उद्धार गर्न फलाम काट्ने मेसिन आवश्यक रहेको उनले बताए।

सेनाको हेलिकोप्टर उद्धारमा

दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर घटनास्थल पुगेको छ। घाइते भएका ३५ मध्ये गम्भीर स्थिति भएकालाई हेलिकोप्टरमा राखेर काठमाडौं ल्याइने बताइएको छ।

यसअघि दुर्घटनाका घाइतेको अवस्था सम्वेदनशील रहेको भन्दै स्थानीयले उद्धारका लागि हेलिकोप्टर माग गरेका थिए।

नागिरक न्युजमा मधसुदन गुरागाइँले लेखेका छन्

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF