कालिञ्चोक गाउँपालिका टुक्राउने एजेण्डा काँग्रेस दोलखालाई मान्य नहुने

 आवाज संवाददाता     २१ कार्तिक २०७६, बिहीबार

कात्तिक २१, चरिकोट । नेपाली काँग्रेस दोलखाले कालिन्चोक गाउँपालिको केन्द्र टुक्राउने एजेण्डा मान्य नहुने बताएको छ ।

बिहिबार काँग्रेस सचिव सन्तोष रिमालद्वारा एक प्रेस विज्ञप्ती प्रकाशित गरी ३ बर्षअघि कालिञ्चोक गाउँपालिकाको पुर्नसंरचना गर्दा सर्वसम्मतीले गरिएको स्मरण गराउँदै कोही व्यक्ति तथा पार्टीको विवाद मिलाउन गाउँपालिका टुक्राउने एजेण्डा स्वीकार नहुने जनाएको छ ।

काँग्रेस दोलखाले गाउँपालिका केन्द्र विवाद विधि र प्रक्रियाबाट टुङ्गो लगाउन माग गरेको छ । प्रेस विज्ञप्तीमा नेपाल कम्युनिस्ट पार्टी भित्र उत्पन्न व्यक्तिगत स्वार्थ र इगोको कारण समग्र नागरिक पीडित बनाइनु नहुने भन्दै पार्टीको विवादलाई स्थानीय तहमा नलाद्न चेतावनी समेत दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।