दोलखाले पनि भन्यो ‘गो ब्याक इन्डिया’

 आवाज संवाददाता     २१ कार्तिक २०७६, बिहीबार

कात्तिक २१, चरिकोट । नेपालको भूमी मिचेर भारतले तीन दिनअघि सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साको विरुद्धमा सत्तापक्षका विद्यार्थी संगठनले दोलखाबाट पनि ‘गो व्याक इन्डिया’ भनेका छन् ।

बिहिबार सदरमुकाम चरिकोटमा अनेरास्ववियु दोलखाले भारतलाई आफ्नो नक्सा सच्याउन दबाब स्वरुप विरोध प्रदर्शन गरि ‘गो ब्याक इन्डिया’ भनेका हुन् ।

बिद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो’ भन्ने प्लेकार्ड बोक्नुका साथै चर्काे नारा लगाएर सदरमुकाम चरिकोटको परिक्रमा गरि सातदोबाटोमा कोण सभाको आयोजना गरेका थिए ।

कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियु दोलखाका संयोजक शक्ति पाठकले नेपाली भू–भागलाई भारतीय नक्सामा राखेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताए ।

नक्सा तल्काल नसच्चिय थप आन्दोलन गर्ने उनले चेतावनी दिए । सन् १९६२ देखि त्यहाँ बसेको भारतीय सेना हट्नुपर्छ । कालापानी लगायत सबै सीमा विवाद टुङ्ग्याउन सरकारलाई समेत उनले अपिल गरे ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।