दाेलखा सहित ५ जिल्लाकाे माेजाे पत्रकारिता तालिम धुलिखेलमा

 आवाज संवाददाता     २६ कार्तिक २०७६, मंगलवार

कात्तिक २६, धुलिखेल । दाेलखा सहित प्रदेश नं ३ अन्तरगतका ५ जिल्लाकाे माेजाे पत्रकारिता तालिम काभ्रेपलाञ्चोककाे धुलिखेलमा सुरू भएकाे छ ।

३ नं प्रदेश प्रेस रजिस्ट्रारकाे कार्यालय हेटाैँडाकाे अायाेजनामा ५ दिने मल्टिमिडिया तथा माेबाईल पत्रकारिता (माेजाे) तालिम काभ्रेपलाञ्चाेककाे धुलिखेलमा मंगलबारबाट सुरू भएकाे हाे ।

तालिममा दाेलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेपलान्चोक जिल्लाका २० जना पत्रकारहरूकाे सहभागिता रहेकाे छ ।
सरकारी तवरबाट पहिलाेपटक माेबाईल जर्नालिज्मलाई प्रवर्द्धन गर्न माेजाे तालिमकाे अायाेजना गरिएकाे ३ नं प्रदेश प्रेस रजिस्ट्रार रेवती सापकाेटाले बताए । मल्टिमिडिया तथा माेबाईल जर्नालिज्म
माेजाे नेपाली पत्रकारितामा नविनतम अभ्यास हाे । माेबाईलबाट फाेटाे खिच्ने, समाचार टाईप र सम्पादन गर्ने, वेव हाेस्टिङ लगायतकाे कार्यलाई माेजाे जर्नालिज्मकाे रूपमा परिभाषित गरिएकाे रजिस्ट्रार सापकाेटाले बताए ।
तालिमकाे उद्घाटन प्रदेश नं ३ का अान्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले गरेका थिए । कार्यक्रमकाे उद्घाटन समाराेहलाई सम्वाेदन गर्दै मन्त्री जम्मकट्टेलले ३ नं प्रदेशका सबै पत्रकारहरूकाे हक हित र क्षमता अभिबृद्वि लगायतका लागि अाफ्नाे मन्त्रालयले प्रेस रजिस्ट्रारकाे कार्यालय स्थापना गरि काम सुरू गरेकाे बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।