नेविसंघको मतदान रातभरि, बिहानसम्म जारी

 आवाज संवाददाता     २ भाद्र २०७३, बिहीबार
काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको ११औं महाधिवेशनको बुधवार दिउँसोबाट शुरु भएको मतदान रातभर पनि नसकिएपछि विहिवार विहानसम्मपनि जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मत खसाल्नका लागि महाधिवेशन प्रतिनिधीहरु रातभर लाइनमा बसेका थिए। महाधिवेशन प्रतिनिधीहरु बर्षाको प्रतिकुल मौसमको वावजुद पनि मत खसाल्न प्रतिक्षारत थिए।
निर्वाचन समितिका सदस्यहरुले मतदान राति २ वजेसम्म सकिने आँकलन गरेपनि विद्युतीय भोटिङ मेसिनमा मतदान गर्ने प्रक्रिया देखिएको अलमलले पनि धेरै समय लागेको बताइएको छ। महाधिवेशन प्रतिनिधीहरुले मत हाल्ने तरिका सिक्दै प्रयोग गर्दा समेत निकै समय लागेको निर्वाचन समितिका पदाधिकारीहरुको भनाई छ।
नेविसंघका महाधिवेशन प्रतिनिधीहरु ३८ सय बढी रहेका छन्। रातभर मत खसाल्न लाइनमा बसेकाहरुले नेविसंघको ९ बर्षपछि भएको महाधिवेशनमा नेतृत्व चयनका लागि भएको लोकतान्त्रिक अभ्यासमा सौहार्दपूर्ण रुपमा सहभागिता जनाएका थिए।
प्रविधिमैत्री मतदान भएपनि पट्यारिलो ढिलाइका कारण रातभर मतदान भएपनि ११ औं महाधिवेशन १२औं दिनमा समापनउन्मुख भएकोमा विद्यार्थी नेता युवराज पाण्डेले सबै विद्यार्थी प्रतिनिधीहरुलाई वधाई दिएका छन्।

६ दे्खि ८ घण्टासम्म लाइनमा बसेर आफूहरुले मत खसालेको पाण्डेले बताए। ३२ सयको हाराहारीमा मत खसेको र बाँकी मत खस्दा विहानको ८ बज्ने अनुमान गरिएको उनले बताए।

हाम्राकुरा डटकमबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF