भालुको आक्रमणबाट युवक घाईते

 आवाज संवाददाता     १७ मंसिर २०७६, मंगलवार

मंसिर १७, चरिकोट । उत्तरी दोलखाको विगु गाउँपालिका–४, लादुक चित्रेका टुल्के तमाङलाई मंगलवार जंगली भालुले आक्रमण गरेर घाईते बनाएको प्रहरीले जनाएको छ ।

लादुक चित्रेका काले तमाङको २४ बर्षिय छोरा टुल्केलाई घर नजिकैको गोठमा बाख्रालाई घाँस हाल्न जाने क्रममा मंगलबार बिहान भालुले आक्रमण गर्दा टाउको, अनुहार लगायत शरिरको बिभिन्न भाग गम्भिर चोट लागेको छ ।

भालुको आक्रमणमा परी गम्भीर घाईते बनाएको तामाङलाई सिंगटी प्राथमिक उपचार पछि थप उपचारको लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।