वीपी राजमार्गबाट प्रहरीले बस फर्कायो

 आवाज संवाददाता     २ भाद्र २०७३, बिहीबार
धुलिखेलदेखि बर्दिबाससम्मको बीपी राजमार्गमा सरकारले बसलाई परमिट दिएको छैन । बसलाई परमिट नदिएकै कारण सिन्धुली र काभ्रेका विभिन्न ठाउँमा प्रहरीले आफूहरुलाई दुःख दिएको यातायात व्यवसायीहरुले गुनासो गर्दै आएका छन् । बस व्यवसायीहरुले पटके काटेर बस सञ्चालन हुँदै आएको छ ।
वीपी राजमार्ग हुँदै सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, महोत्तरी, सर्लाही उदयपुर सहित काठमाडौंबाट पूर्व र दोलखाबाट तराईसम्म बस सेवा सञ्चालन हुँदै आएको छ । वीपी राजगर्मा नेपालकै नमूना सडक भने तापनि बस सहितका ठूला गाडीलाई परमिट नदिंदा व्यवसायी र यात्रुहरुले जोखिम मोल्दै आएका छन् । वीपी राजमार्गमा बीपी, मध्यपहाडी, हिमाल तराई, कमलामाई, माथिल्लो सगरमाथा, अरनिको र रोल्वालिङ यातयात लगायत समितिका बसहरु चल्छन् । रोल्वालिङ यातायात सहकारी संस्थाका अध्यक्ष बालकृष्ण आचार्यले बनेको सडकमा बसलाई सरकारले परमिट नदिनु भनेको यातायात क्षेत्रमा सरकारकै सिण्डिकेट भएको बताए । परमिटका लागि यातायात व्यवसायी महासंघ लगायतका समितिहरुले पहल गरिरहेको बताए । सरकारले परमिट नदिए यातायात क्षेत्रको अर्बौं रुपैंया व्यवसायीको डुब्ने र हजारौं बेरोजगार हुने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।