भीरकाेटकाे विद्यालयमा लापरवाहीकाे पराकाष्ठा, मनाेरञ्जनका लागि विद्यालय बन्द

 आवाज संवाददाता     ३ फाल्गुन २०७६, शनिबार

फागुन ३, चरिकाेट । तामाकाेशी गाउँपालिका-१, भीरकाेटस्थित भीमेश्वर अाधारभूत विद्यालयमा पटकपटक लापरवाहीकाे पराकाष्ठा देखिएकाे छ ।

विद्यालयसँग ताल्लुक राख्ने कुनै पनि निकायसँग विना परामर्श प्रधानाध्यापककाे मनखुशीले पटकपटक विद्यालय बन्द, बजेट हिनामिना र घट्दाे सिकाई उपलब्धिले लापरबाहीकाे पराकाष्ठा देखिएकाे हाे ।

विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापककाे चरम लापरबाहीका कारण भीमेश्वर अाधारभुत विद्यालय पटकपटक बन्द हुने गरेकाे तामाकोसी गाउँपालिका-१ का वडाध्यक्ष महेश्वर काफ्लेले जानकारी दिए ।

८ कक्षासम्म संचालनमा रहेकाे साे विद्यालय शुक्रबार बन्द हुँदा विव्यस, वडा कार्यालय, गाउँपालिका शिक्षा शाखा कसैलाई पनि जानकारी थिएन ।

विद्यार्थीलाई कालिञ्चाेक भ्रमण र पिकनिक लाँदा ताल्लुकदार निकाय कसैलाई पनि जानकारी नगराएकाे प्रधानाध्यापक  मिना कटुवालले स्वीकार गरिन् । गल्ती भएकाे स्वीकार गर्दै प्रधानाध्यापक कटुवालले भनिन्, अबका दिनमा दाेहाेरिँदैन ।

वडाध्यक्ष काफ्लेले सरकारी तलव खाएर बालबालिकाकाे भविष्य माथि खेलवाड गर्ने अधिकार कसैलाई नभएकाे बताए । मनखुशीले चलाउने भए अाफ्नाे घर चलाउने बिद्यालय हाेईन, उनले भने । कानुनी कार्वाहीकाे लागि सिफारिस गरिने वडाध्यक्ष काफ्लेले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।