राष्ट्रपति रनिङशिल्डको उद्घाटन खेलमा कालिन्चोक मावि विजयी

 आवाज संवाददाता     ११ फाल्गुन २०७६, आईतवार

शम्भु गौतम

फागुन ११, चरिकाेट । भीमेश्वर नगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको दोस्रो संस्करण आज अाईतबारबाट सुरु भएको छ ।

भीमेश्वर नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको उद्घाटन भलिबल खेलबाट भएको थियो । उद्घाटन खेलमा कालिन्चोक मावि छात्रले त्रिपुरा ग्लोरियस एकेडेमीलाई २–० को सोझो सेटमा पराजित गरेको छ ।

त्यसैगरी आजै भएको अर्को खेलमा कालिन्चोक मावि छात्राले माउण्ट भ्याली एकेडेमीलाई २–० को सोझो सेटमा पराजित गरेको छ । त्यस्तै छात्रातर्फको आज भएको भलिबल खेलमा भीम माविले सुर्केमावि खरिढुङ्गालाई २–० को सेटमा, त्रिपुरा ग्लोरियस एकेडेमीले कुटीडाँडा माविलाई २–१ को सेटमा, भीम माविले अल्पाइन पव्लिक स्कुललाई २–१ को सेटमा पराजित गरेको छ ।

त्यस्तै छात्रातर्फको भलिबल खेलमा मोर्डन नेपाल स्कुलले भीम माविलाई २–१ को सेटमा, सुर्के मावि खरिढुङ्गाले आँकुरा बोर्डिङ स्कुललाई २–१ को सेटमा र अल्पाइन पव्लिक स्कुलले बुढाभीमसेन माविलाई २–१ को सेटमा पराजित गरेको छ ।

३ दिनसम्म चल्ने यो प्रतियोगिताको उद्घाटन प्रदेश सांसद् पशुपति चौलागाईले गरेका हुन् । प्रतियोगितामा भलिबलसँगै हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटपुट र दौड समावेश छ । प्रतियोगितामा भीमेश्वर नगरपालिकाका १६ वटा विद्यालय सहभागी छन् । राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिताको अघिल्लो वर्षको अर्थात पहिलो संस्करणको उपाधि कालिन्चोक माविले हात पारेको थियो । प्रतियोगिताको उद्घाटन सत्रको अध्यक्षता भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।