पुष्पलाल मार्ग खुल्न अझै दुई साता लाग्ने

 आवाज संवाददाता     ३ भाद्र २०७३, शुक्रबार

दोलखा, ३ भदौ/करिब दुई साताअघि बाढीले पुल बगाएपछि बन्द भएको पुष्पलाल मार्गको यातायात सेवा पुनः सुरु हुन अझै दुई साता लाग्ने भएको छ।
गत साउन २२ गते दोलखा जिल्लाको भिरकोट र जफे गाविस जोड्ने ढोलीखोलाको पुल बाढीले बगाएपछि दोलखा सदरमुकामबाट दक्षिणी दोलखा, रामेछाप हुँदै तराई जोड्ने पुष्पलाल मार्गको यातायात सेवा बन्द भएको थियो ।

3

पहिरोले सिर्जित बाढीका कारण ढोलीखोलाको पुल वगाएपछि यातायात सेवा वन्द रहेको पुष्पलाल मार्गको सवारी आवतजावत गर्न अझै दुई साता लाग्ने सडक डिभिजन कार्यालय दोलखाका सव–ईन्जिनियर राकेश श्रेष्ठले जानकारी दिए । खोलामा वेलीब्रिज राख्ने योजना भएको र सो को लागि जग राख्ने काम भईरहेको श्रेष्ठले बताए । शनिवारसम्ममा वेलिब्रिज राख्ने काम सुरु हुने सव–ईन्जिनियर श्रेष्ठले जानकारी दिएका छन् । यदि शनिवारवाट बेलिब्रिजको काम सुरु भयो र सरासर काम भयो भने १० दिन भित्र उक्त ब्रिज जडानको काम सकिन्छ । उनले बढीमा दुई सातामा यातायात पुनः सुरु हुनसक्ने बताए ।

Dholikhola 1
खोलामा अस्थायी फड्के थियो त्यो पनि वाढीले बगाएको कारण अहिले मानिसहरुलाई आवतजावतमा निक्कै जोखिम भएको छ । खोलाको वीचमा रहेको ढुङ्गाहरुको सहारामा आवतजावत गर्नुपर्ने अवस्था रहेको छ । भने पानी परेको समयमा वारीपारी गर्न कठिन रहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।