अर्थभुमी साकोसको साधारण सभा

 आवाज संवाददाता     ४ भाद्र २०७३, शनिबार

अर्थभुमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकीकरणपछिको पहिलो साधारण सभा चरिकोटमा सम्पन्न भएको छ । यस वर्ष साधारण सभा गर्ने दोलखाको दोस्रो सहकारी अर्थभुमी भएको छ । यस अघि चोथाङ पशुपालनले साधारण सभा सम्पन्न गरिसकेको छ ।
साधारण सभाको अवसरमा बोल्दै दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले साउन भित्रै लेखापरीक्षण पूरा गरी साधारण सभा गर्नु राम्रो सहकारीको रुपमा लिने गरेको बताए । उनले सहकारीहरु अब एकीकरणमा नयाँ आउने ऐनले पनि जोड दिएकाले एकीकरणका लागि सहकारीहरुले गृहकार्य गर्नु पर्ने बताए ।
अर्थभूमि दर्तामा दोलखाको कान्छो सहकारी भए पनि गत कार्तिकमा ४ वटा सहकारी बीच एकीकरण समेत गरेको थियो । एकीकरणपछि अर्थभुमीको कार्यक्षेत्र दोलखा जिल्लाभर रहेको छ ।
सहकारीले विपद् कोषको स्थापना गरी त्यही कोषमार्फत विपद् आइपर्दा आफ्ना सदस्यहरुलाई सहयोग गर्ने अध्यक्ष कृष्णप्रसाद दाहालले बताए । पछि स्थापना भए तापनि यस सहकारीका माध्यमबाट सदस्यहरुलाई पूर्ण बैंकिङ सुविधा दिने गरी कार्यक्रम तयार गरेको बताए ।
अर्थमुमी सहकारीको शेयर सदस्य संख्या १ हजार ९ सय २९ रहेका छन् भने शेयरपुँजी १ करोड ७६ लाख १३ हजार रहेको छ । कुल पुँजी ९ करोड ५५ लाख ४३ हजार, शुद्ध बचत ४ लाख २ हजार आवधिक बचत ३२ लाख ७३ हजार ५ सय र अन्य कोष ५ लाख ३ हजार ८ रहेको रहेको सहकारीका सचिव तारानाथ चौलागाईले जानकारी दिए ।
सहकारीले साधारण सभाको अवसरमा वर्षभरी सहकारी सम्बन्धी उत्कृष्ट समाचार सप्रेषण गर्ने रेडियो भीमेश्वरका पत्रकार बलराम केसीलाई पुरष्कृत गरेको छ । गत वर्षदेखि सहकारीले एक जना पत्रकारलाई पुरष्कृत गर्न सुरु गरेको हो । सहकारीमा नियमित बचत गर्ने उत्कृष्ट बचतकर्ता, असल ऋणी, दैनिक बचतकर्तालाई समेत प्रशंसा पत्र वितरण गरेको छ ।
साधारण सभामा दोलखा जिल्ला बचत संघका अध्यक्ष जिवसराज खड्का, हाम्रो जनकल्याण साकोसका अध्यक्ष तुल्सी सुवेदी, हिमालयन साकोसका सचिव रोहित खड्का, पत्रकार लक्ष्मण खड्का लगायतले शुभकामना दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।