लाइन्स क्लबद्वारा भीमेश्वर नगरलाई सयलिटर स्यानीटाईजर तथा पीपीई हस्तान्तरण

 आवाज संवाददाता     ३० चैत्र २०७६, आईतवार

चैत ३०, चरिकोट । जिल्लास्थित गैरसरकारी संस्था लाइन्स क्लब अफ दोलखाले भीमेश्वर नगरपालिकालाई सय लिटर स्यानीटाईजर र व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेको छ ।

आइतबार नगरपालिकाको कार्यालयमा लाइन्स क्लब अफ दोलखाका पूर्वअध्यक्ष शान्तकृष्ण श्रेष्ठले भीमेश्वर नगरपालिकाका मेयर भरत केसीलाई सय लिटर ह्याण्ड स्यानीटाइजर र ८ थान हस्तान्तरण गरेका हुन् ।

लाइन्स क्लब अफ दोलखाले करिब साढे २ लाख बराबरको ह्याण्ड स्यानीटाइजर र ८ थान पीपीइ नगरपालिकालाई उपलब्ध गराएको नगरपालिकाका स्वास्थ्य संयोजक श्याम खड्काले जानकारी दिए ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नको ती सामग्री उपलब्ध गराएको क्लबका पूर्वअध्यक्ष शान्तकृष्ण श्रेष्ठले जानकारी दिए ।

नगरपालिकालाई बढि भएको अवस्थामा स्यानीटाइजर आवश्यकताअनुसार अन्य स्थानीय तहलाई उपलब्ध गराउने भीमेश्वर नगरपालिकाका मेयर केसीले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।