विश्व प्रेस स्वतन्त्रता दिवसः दोलखामा १७ पीन्ट रगत संकलन

 आवाज संवाददाता     २१ बैशाख २०७७, आईतवार

बैशाख २१, चरिकोट । नेपाल पत्रकार महासंघ दोलखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

कोरोना भाईरसका कारण लकडाउन भएको बेला दोलखामा गम्भीर प्रकृतिका बिरामी र प्रसुति सेवा लिनेहरुका लागि रगतको अभाव नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

महासंघको आफ्नै भवनमा आयोजित खुला रक्तदान कार्यक्रममा दोलखाका महत्वपूर्ण र क्रियासिल सञ्चारकर्मी सहित १७ जनाले रक्तदान गरेको नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाले बताए ।

भौतिक दुरी कायम गरी नेपाल रेडक्रस सोसाईटी दोलखा शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदाताहरुलाई भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले प्रमाण पत्र वितरण गरेका थिए । दोलखामा नेपाल रेडक्रस सोसाईटी दोलखाले ब्लड बैंक सञ्चालन गर्दै आएको छ । लकडाउनका बेला रक्तदानका कार्यक्रम कम हुँदा बेलाबेलामा जिल्लामा रगतको अभाव हुने गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।