अब सिंगटीबाट नागरिकता

 आवाज संवाददाता     ५ भाद्र २०७३, आईतवार

इलाका प्रशासन कार्यालय सिंगटीमा खुलेको छ । इलाका कार्यालय खुलेसँगै नागरिकता प्रमाण पत्र लिनका लागि दोलखाको उत्तरी क्षेत्रका १८ गाविसबासीले सिंगटीबाट सेवा प्राप्त गर्ने भएका छन् ।
इलाका प्रशासन कार्यालय लादुक ८ सिंगटीमा कार्यालय व्यवस्थापनको काम पूरा भएको छ । कार्यालयको आउँदो मंगलबारदेखि औपचारिक रुपमा काम सुरु हुने छ । तत्कालका लागि इलाका प्रशासनबाट नयाँ नागरिकताको प्रमाण पत्र वितरण हुनेछ । अब १८ गाविसबासीले नयाँ नागरिकता सिंगटीबाट र प्रतिलिपि लिन मात्र जिल्ला प्रशासन कार्यालय चरिकोट पुग्नु पर्ने भएको छ ।
अहिलेसम्म जिल्लाभरको नागरिकता प्रमाण पत्रको सम्पूर्ण काम जिल्ला प्रशासन कार्यालयबाटै हुँदै आएको छ । इलाका प्रशासन कार्यालयका प्रमुख देवराज लुइटेलका अनुसार झ्याँकू, सूरी चंखू, मार्बू, खारे, गौरीशंकर, लामाबगर, ओराङ, लादुक, बुलुङ, चिलंखा, आलम्पू, बिगू, खोपाचागू, कालिञ्चोक, बाबरे, लामिडाँडा र लापिलाङ गाविसबासीले सेवा पाउने छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।